२९ आश्विन २०८२ , बुधबार

सुर्खेतमा खोटा मुद्रासहित युवती पक्राउ, अनुसन्धान गर्दा १२ लाख ३६ हजार जाली नोट र अफिम बरामद

News
३२ असार, काठमाण्डौँ ।

सुर्खेत प्रहरीले खोटा मुद्रासहित एक युवतीलाई पक्राउ गरेको छ। युवतीको साथबाट खोटा मुद्रा बरामद भएपछि थप अनुसन्धान गर्दा १२ लाख ३६ हजार जाली नोट र अफिम बरामद भएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका वडा नं.१० शान्ति टोलबाट जाजरकोट कुशे गाउँपालिका वडा नं.५ बस्ने वर्ष अ.२२ की दिलमाया सिंह ठकुरीलाई खोटा मुद्रा चलाउने गरेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको हो।

दिलमाया सिंह ठकुरीको साथबाट खोटा मुद्रा ने. रु.१००० दरका ६ थान रु. ६,०००/- (छ हजार) बरामद भएपछि थप अनुसन्धान थालिएको थियो।

अनुसन्धानका क्रममा जाजरकोट कुशे गा.पा. वडा ०५ खुर्पा बस्ने वर्ष अ.३३ को राम बाहदुर सिंह तथा निज दिलमाया सिंहको डेराकोठाबाट लुकाई छिपाई राखेको अवस्थामा नेपाली रु १००० दरका १२३६ जम्मा रु १२ लाख छत्तीस हजार बरामद गरेको प्रहरीले जनाएको छ।

त्यस्तै जालीनोट कसुरमा संलग्न व्यक्तिको पक्राउ तथा थप अनुसन्धान गर्दै जाने क्रममा जिल्ला जाजरकोट कुशे गा.पा. ७ समकोट गमौडी घर भइ हाल जि. सुर्खेत भेरीगंगा नगरपालिका वडा नं.१२ ठकुरीटोल स्थिमा डेरा गरी बस्ने बर्ष ३५ को कृष्ण बहादुर बली, ऐ,ऐ, बस्ने बर्ष ३८ को प्रेम बहादुर बि. कलाई फेला पारी रितपुर्वक निजहरुको डेराकोठा तथा शरीर खानतलासी गर्दा निजहरुको लुकाई छिपाई राखेको कालो झोला भित्र अफिम जस्तो देखिने गिलो पदार्थ पोका ११ जम्मा शुद्ध ११ (एघार) किलोग्राम ३७२ मिलिग्राम फेलापारी बरामद गरी निजहरुलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा नक्कली नोटको कारोवार गर्ने नोट बनाउने तथा उक्त नोट बनाउने सामान समेतको कार्य जिल्ला कालीकोट नरहरीनाथ गाउँपालिका वडा नं.४ घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका वडा नं.११ न्युरोडमा जनगर्जन नेटवर्क प्रा.ली नामक मिडिया संचालन गरी बस्ने वर्ष अन्दाजी ३४ का मन बहादुर सहकारी लाई नियन्त्रणमा लिई निजले संचालन गरेको मिडिया हाउस तथा निज बस्ने घरकोठा खानतलासी गर्दा निजको कोठाबाट नेपाली रु.१०००।-(एक हजार) दरका नक्कली नोटहरु ५१ थान रु. ५१,०००।- (एकाउन्न हजार) फेला परेको र प्लाष्टिकमा पोका बनाई राखेका १५ पोकामा १९ (उन्नाईस) के.जी. ३०० (तिन सय) ग्राम लागूऔषध अफिम जस्तो देखिनें गिलो पदार्थ फेला परेको साथै नक्कली नोट बनाउने Canon प्रिन्टर थान-१, HITECH लेखिएको CPU थान १ र Zillion Tec लेखिएको Monitor धान १, कि वोर्ड थान-१, माउस थान-१, कार्डडिटर र चिप्स मेमोरी थान-१, Canon क्यामेरा थान-१ समेत फेला पारी बरामद गरीएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरु:


1. जिल्ला जाजरकोट कुशे गाउपालिका वडा नं.५ बस्ने  तर्णं अ.२२ की दिलगाया सिंह ठकुरी
2. जिल्ला जाजरकोट कुशे गा.पा. वडा ०५ खुर्पा बस्ने बर्ष अ.३३ को राम बाहदुर सिंह