कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
जसअनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, सानो (लोकल) रु ४२, सानो (टनेल) रु ५८, आलु रातो रु ४५, प्याज सुकेको (भारतीय) रु ४५, गाजर (लोकल) रु ८५, बन्दा (लोकल) रु ३० र काउली स्थानीय रु ७० तोकिएको छ।
यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) रु ६५, तीतो करेला रु ४०, लौका रु ३०, घिरौला रु ६०, फर्सी पाकेको रु ५० र भिण्डी रु ६० कायम गरिएको छ।
यस्तै, रायोसाग प्रतिकिलो रु १४०, पालुङ्गो साग रु १६०, हरियो प्याज रु २००, च्याउ (कन्य) रु १६०, च्याउ (डल्ले) रु ३६० र कुरिलो रु २७५ निर्धारण गरिएको छ।
ब्रोकाउली प्रतिकिलो रु ८०, चुकुन्दर रु ७०, रातो बन्दा रु २५०, जिरीको साग रु १००, ग्याठकोभी रु ७०, सेलरी रु १५०, पार्सले रु १०००, पुदिना रु १७०, तामा रु १५०, तोफु रु १२० र गुन्द्रुक रु ३५० तोकिएको छ।
समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) रु ३४०, केरा (दर्जन) रु १४५, कागती रु १३०, अनार रु ३५०, आँप (माल्द) रु ११०, अङ्गुर (हरियो) रु २५० र भुइँकटहर प्रतिगोटा रु १७० निर्धारण गरेको छ।
यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी हरियो रु ३५, हरियो धनियाँ रु २८०, लसुन सुकेको चाइनिज रु २००, ताजा माछा (रहु) रु ३३० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ।