२८ आश्विन २०८२ , मंगलवार

कालीमाटी बजारमा आजको थोक मूल्य सूची

News
२४ असार, काठमाण्डौँ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

जसअनुसार, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, सानो (लोकल) प्रतिकिलो रु ३८, सानो (टनेल) प्रतिकिलो रु ५७ तोकिएको छ। आलु रातो प्रतिकिलो रु ४६, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४५, गाजर (लोकल) प्रतिकिलो रु ८०, बन्दा (लोकल) प्रतिकिलो रु ३५ र काउली स्थानीय प्रतिकिलो रु ७० निर्धारण गरिएको छ।

यसैगरी, मटरकोसा प्रतिकिलो रु २००, घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, तीतो करेला प्रतिकिलो रु ४०, लौका प्रतिकिलो रु ३५, घिरौला प्रतिकिलो रु ६०, फर्सी पाकेको प्रतिकिलो रु ४५ र भिण्डी प्रतिकिलो रु ६५ तोकिएको छ।

यस्तै, रायोसाग प्रतिकिलो रु १२०, पालुङ्गो साग प्रतिकिलो रु १८०, हरियो प्याज प्रतिकिलो रु २१०, च्याउ (कन्य) प्रतिकिलो रु २००, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० र कुरिलो प्रतिकिलो रु २५० निर्धारण गरिएको छ।

समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फुजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १४५, कागती प्रतिकिलो रु १३०, अनार प्रतिकिलो रु ३५०, आँप (माल्द) प्रतिकिलो रु ११०, अङ्गुर (हरियो) प्रतिकिलो रु २५० र भुइँकटहर प्रतिगोटा रु १७० निर्धारण गरेको छ।

यसैगरी, अदुवा प्रतिकिलो रु ११०, खुर्सानी हरियो प्रतिकिलो रु ४०, हरियो धनियाँ प्रतिकिलो रु २००, लसुन सुकेको चाइनिज प्रतिकिलो रु २००, ताजा माछा (रहु) प्रतिकिलो रु ३३० र सिताके च्याउ प्रतिकेजी रु ९०० निर्धारण गरिएको छ।