२८ आश्विन २०८२ , मंगलवार

चन्द्रागिरि नगरपालिकाको दुई अर्ब ९३ करोड ४६ लाखको बजेट पारित

News
३२ असार, काठमाण्डौँ ।

चन्द्रागिरि नगरपालिकाको नगरसभाले आर्थिक वर्ष २०८२/८३ को लागि कूल दुई अर्ब ९३ करोड ४६ लाख बजेट बहुमतले पारित गरेको छ।

नगरसभाको १६ आँै अधिवेशनले चालु खर्चतर्फ रु एक अर्ब २२ करोड ७८ लाख र पुँजीगत खर्च रु एक अर्ब ७० करोड ६८ लाख रहेको छ। सभामा नगरप्रवक्ता कृष्णप्रसाद खड्गीले सो बजेट तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

नगरप्रमुख घनश्याम गिरी बहुमतबाट आव २०८२/८३ को बजेट तथा कार्यक्रम पारित भएको जानकारी दिँदै बजेटले नगरवासीको माग सम्बोधन हुने विश्वास व्यक्त गरे। उनले बजेट कार्यान्वयनमुखी रहेको स्पष्ट पार्नुहुँदै सहमति, सहकार्य र एकताको माध्यमबाट नगरको समृद्धिमा जुट्न आह्वान समेत गरे।