२८ आश्विन २०८२ , मंगलवार

‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक

News
१४ असार, काठमाण्डौँ ।

भद्रपुरको इतिहासलाई उजागर गर्दै पत्रकार गोपाल गिरीद्वारा लेखिएको पुस्तक ‘सदरमुकाम भद्रपुरको गाथा’ सार्वजनिक गरिएको छ।

नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले भद्रपुर नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा सो पुस्तकको सार्वजनिक गरेका हुन्।

पुस्तकमा भद्रपुरको गाथामा जंगे पिलरको कथा, झापाको व्यथा र सय बर्षभन्दा अघिदेखिको भद्रपुरलाई जीवन्त राख्ने व्यक्तित्वहरुको समर्पण र साहसको सांराश रहेको उनले बताए।

पुस्तकका लेखक गोपाल गिरीले डेढ सय बर्ष अघिको छरपस्टिएको इतिहासलाई समेटेर लिपिबद्ध र व्यवस्थित गर्ने प्रयास गरेको बताए। उनले यो पुस्तक संकलित ऐतिहासिक तथ्यहरुको समिस्श्रण रहेको, आफूले देखेको, सुनेको र महसूस गरेको कुरालाई उजागर गर्ने प्रयास गरेको बताए।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेल, उपप्रमुख राधा कार्की, प्रेस काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुषाल, नेपाल पत्रकार महासंघका झापा अध्यक्ष एकराज गिरी र प्रेस क्लब भद्रपुरका अध्यक्ष राजवावु शंकरले पुस्तक भद्रपुरको बारेमा अध्ययन अनुसन्धान गर्नेहरुको लागि महत्वपूर्ण रहेको बताए। सो पुस्तकका बारेमा अग्रज पत्रकार चिन्तामणी दाहाल र तारामणी सापकोटाले टिप्पणी गरेका थिए।