२८ आश्विन २०८२ , मंगलवार

सुनसरीमा गोली प्रहारबाट किशोरीको मृत्यु, आरोपी फरार

News
३० असार, काठमाण्डौँ ।

सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाले जानकारी दिए।

घरेलु विवाद हुँदा भारत अररिया घर भएका २५ वर्षीय आजाज मियाँले गोली प्रहार गरेका जनाइएको छ। गोली प्रहारबाट अर्चनाको घटनास्थलमै मृत्यु भएको उनले बताए। गोली प्रहार गरेलगत्तै आरोपी मियाँ फरार भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ। भारतको सुपौल र सुनसरीको हरिनगर नाकासहित सीमावर्ती क्षेत्रमा खोजतलास र निगरानी तीव्र पारिएको प्रहरीले जनाएको छ।