२९ आश्विन २०८२ , बुधबार

रसुवा बाढी अपडेट: फसेका ९ को उद्धार, २२ जना सुरक्षित, १५ अझै सम्पर्कविहीन

News
२४ असार, काठमाण्डौँ ।

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीमा फसेका नौ जनाको सकुशल उद्धार गरिएको छ । सम्पर्कविहीन भएका ३७ जनामध्ये हराइरहेका २२ जना सुरक्षित ठाउँमा सकुशल रहेकोे अन्य १५ जना सम्पर्कविहीन रहेको सहायक प्रजिअ दु्रवप्रसाद अधिकारीले जानकारी दिए ।

हराएका र फसेका व्यक्तिलाई उद्धार गर्न हेलिकप्टर तयारी रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्रतिकूल मौसमका कारण रसुवाको आकाशमा हेलिकप्टर उड्न नसक्दा उद्धारमा कठिनाइ भएको छ । हेलिकप्टर भने नुवाकोटको त्रिशूलीमा तयारी अवस्थामा राखिएको जनाएको छ ।