२९ आश्विन २०८२ , बुधबार

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन

News
१८ असार, काठमाण्डौँ ।

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उनको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको उनका छोरा डा. जितेन्द्र यादवले जानकारी दिनुभयो।

बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँका यादव २०७० सालको संविधानसभा निर्वाचनमा बारा क्षेत्र नं. १ बाट कांग्रेसबाट निर्वाचित हुनुभएको थियो। उनका दुई छोरा, दुई छोरी र श्रीमती छन्।