राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृशोक परेको छ। उनका पिता हरिहर बास्कोटाको १०० वर्षको उमेरमा आज बिहान कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो।
समाजसेवी स्वर्गीय बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा रु ५० लाखभन्दा बढी अक्षयकोश स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ। उनको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ।
उनका दुई छोरी र चार छोरा छन्। स्व बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिए।