कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार सागसब्जीहरूमा गोलभेँडा ठूलो (नेपाली) रु ८०, गोलभेँडा सानो (लोकल) रु ३५, गोलभेँडा सानो (टनेल) रु ५७ प्रतिकिलो तोकिएको छ। आलु रातो रु ४६, आलु रातो (भारतीय) रु ३९, आलु रातो (मुडे) रु ४०, आलु सेतो रु ४० र प्याज सुकेको (भारतीय) रु ४५ प्रतिकिलो निर्धारण गरिएको छ। गाजर (लोकल) रु १००, गाजर (तराई) रु ७५, बन्दा (लोकल) रु ३०, काउली स्थानीय रु ७०, काउली तराई रु ५५, रातो मूला रु ४५, सेतो मूला (हाइब्रिड) रु २०, भन्टा लाम्चो रु ४०, भन्टा डल्लो रु ५०, तने बोडी रु ३० र मकै बोडी रु ५० प्रतिकिलो कायम भएको छ।
त्यसैगरी, मटरकोसा रु २००, घिउ सिमी (लोकल) रु ६०, घिउ सिमी (हाइब्रिड) रु ६०, घिउ सिमी (राजमा) रु १००, टाटे सिमी रु ८५, भटमास कोसा रु १४० प्रतिकिलो तोकिएको छ। तीतो करेला रु ३५, लौका रु ३०, परबर (तराई) रु ४०, चिचिण्डो रु ३०, घिरौला रु ५०, झिगुनी रु ६०, फर्सी पाकेको रु ४५, फर्सी हरियो (लाम्चो) रु ४५, सलगम रु ८० र भिण्डी रु ५० प्रतिकिलो कायम गरिएको छ।
यस्तै, सखरखण्ड रु ८०, स्कूस रु ५०, रायोसाग रु १५०, पालुङ्गो साग रु १५०, तोरीको साग रु ८०, हरियो प्याज रु १८०, च्याउ (कन्य) रु १५०, च्याउ (डल्ले) रु ३५०, कुरिलो रु २५० र निगुरो रु १०० निर्धारण गरिएको छ। ब्रोकाउली रु ७०, चुकुन्दर रु ९०, सजिवन रु १६०, रातो बन्दा रु २५०, जिरीको साग रु १००, सेलरी रु ११०, पार्सले रु १२००, पुदिना रु १८०, इमली रु २००, तामा रु १२०, तोफु रु १२० र गुन्द्रुक रु ३५० तोकेकोे छ।
फलफूलतर्फ, स्याउ (झोले) रु २५०, स्याउ (फुजी) रु ३४०, केरा (दर्जन) रु १४५, कागती रु १३०, अनार रु ३५०, आँप (माल्द) रु १००, आँप (दशहरी) रु १२०, मौसम रु १६०, जुनार रु २५०, भुइँकटहर रु १७० प्रतिगोटा, काँक्रो (लोकल) रु ६५, काँक्रो (हाइब्रिट) रु २०, रुखकटहर रु ४५, नास्पाती (लोकल) रु ६५, नास्पाती (चाइनिज) रु २३० र मेवा (भारतीय) रु १०० प्रतिकिलो निर्धारण गरिएको छ।
यसैगरी, अदुवा रु ११०, खुर्सानी सुकेको रु ३५०, खुर्सानी हरियो रु ३५, खुर्सानी हरियो (बुलेट) रु ३०, खुर्सानी हरियो माछे रु ८०, खुर्सानी हरियो अकबरे रु २१०, भेडे खुर्सानी रु १००, लसुन हरियो रु ११०, हरियो धनियाँ रु ३२०, लसुन सुकेको चाइनिज रु २००, लसुन सुकेको नेपाली रु १७०, छ्यापी सुकेको रु २००, छ्यापी हरियो रु १२०, ताजा माछा (रहु) रु ३३०, ताजा माछा (बचुवा) रु ३२०, ताजा माछा (छडी) रु २४०, राजा च्याउ रु ३०० र सिताके च्याउ रु ९०० प्रतिकेजी निर्धारण गरिएको छ।