२९ आश्विन २०८२ , बुधबार

पुनर्निर्माणपछिको धरहराबाट चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन

News
२७ असार, काठमाण्डौँ ।

विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षतिपश्चात् पुनः निर्माण भएर सञ्चालनमा ल्याइएको ऐतिहासिक धरहराबाट रु चार करोड ८३ लाखभन्दा बढी राजस्व सङ्कलन गरिएको छ। गत मङ्सिर ९ गतेदेखि शुल्कसहित सञ्चालनमा आएको धरहराबाट यही असार २४ गतेसम्ममा रु चार करोड ८३ लाख ६५ हजार ५०० राजस्व सङ्कलन भएको हो।

यस अवधिमा दुई लाख ६२ हजार ५५५ जनाले धरहराको अवलोकन गरेका छन्। जसमध्ये एक हजार ५४९ जना विदेशी अवलोकनकर्ता रहेका छन्। धरहरा चढ्न प्रतिव्यक्ति रु २०० शुल्क तोकिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका अपाङ्गता भएका व्यक्तिहरूले ५० प्रतिशत छुटमा धरहरा चढ्न पाउने व्यवस्था छ। सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति रु ५०० र सार्कबाहेक राष्ट्रबाट आउने पर्यटकका लागि प्रतिव्यक्ति रु १००० शुल्क तोकिएको छ।