२९ आश्विन २०८२ , बुधबार

चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना: एकको मृत्यु, दुई घाइते

News
२७ असार, काठमाण्डौँ ।

काठमाडौँको चन्द्रागिरिमा एउटा मोटरसाइकल अनियन्त्रित भएर स्कुटरमा ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ। चन्दागिरि नगरपालिका–१५ तीनथानास्थित सडकमा आज बिहान भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा सोही नगरपालिका–४ थानकोट घर भएका ३४ वर्षीय रोशन ढकाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त दुर्घटनामा घाइते भएका स्कुटरमा सवार दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।