यस वर्षको भोग्य–सगुन राष्ट्रिय पत्रकारिता पुरस्कार राष्ट्रिय समाचार समिति (रासस)का पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई प्रदान गरिएको छ।
रेडियो नेपालका पूर्वमहानिर्देशक भोग्यप्रसाद शाह र उनकी धर्मपत्नी सगुन शाहको स्मृतिमा स्थापित उक्त पुरस्कार यहाँ आयोजित एक कार्यक्रममा वरिष्ठ पत्रकार धु्रवहरि अधिकारीले पत्रकार बस्नेतलाई प्रदान गरे।
यसैगरी सोही समारोहमा कर्ण–कौशल्या–सीता स्मृति पुरस्कार साहित्यकार भुवनहरि सिग्देल र देवघाटस्थित कन्या गुरुकुलकी सञ्चालक मातालाई प्रदान गरियो। भोग्य–सगुन शाह सेवा समाजका अध्यक्ष प्रा डा केदार न्यौपानेको सभापतित्वमा आयोजित पुरस्कार वितरण समारोहमा पुरस्कृत व्यक्तित्वहरू, बरिष्ठ पत्रकार अधिकारी, साहित्यकार प्रल्हाद पोखरेललगायतले साहित्य, पत्रकारिता र समाजसेवाका विभिन्न पक्षमाथि प्रकाश पारे।