२८ आश्विन २०८२ , मंगलवार

एसिसी यू-१६ इस्ट कप: मलेसियाले नेपाललाई ९१ रनको लक्ष्य दियो

News
१९ असार, काठमाण्डौँ ।

एसिसी यू–१६ इस्ट कप क्रिकेट प्रतियोगिताअन्तर्गत खेलमा मलेसियाले नेपाललाई जितको लागि ९१ रनको सामान्य लक्ष्य दिएको छ।

क्वालालम्पुरस्थित सेलेङ्गार टर्फ क्लबमा जारी पहिलो सेमिफाइनल खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मलेसिया ४३ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ९० रनमा अलआउट भयो।

मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए। त्यसैगरी कप्तान दियाज पात्रोले १० रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

नेपालका लागि अभय यादवले सर्वाधिक ४ विकेट लिए। त्यसैगरी सुभम खनालले तीन विकेट लिए भने कप्तान विपिनप्रसाद शर्मा र सचिन भट्टले समान १/१ विकेट लिए। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।